२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा विशेष छुट पाउने भएका छन् । देबयानी इन्टरनेशनलसँग बैंकले छुट दिनेबारे सम्झौता गरेको छ ।

सनराइज बैंकका ग्राहकले केएफसी र पिज्जा हटमा छुट पाउने

ग्राहकहरुलाई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानीका नायब महाप्रबन्धक (वित्त विभाग) रितुराज शाह बीच हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात केएफसी र पिज्जा हटको खाना तथा बेभरेजमा क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । बैंकले 'स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं' अभियान अनुरुप ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।


प्रकाशित : कार्तिक ४, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?