२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सिटिजन लाइफ इन्स्योरेन्सले पहिलेका सबै अभियान जारी राख्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना पुराना अभियानलाई जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले पहिलेका सबै अभियान जारी राख्ने

स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले उक्त प्रतिबद्धता गरेको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष प्रदीपजंग पाण्डेले ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बिमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ र ‘नवीनतम जीवन बीमा’ योजनालाई निरन्तरता दिएको बताए । यसका साथै कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने समेत बताएको छ ।

प्रकाशित : कार्तिक ४, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?