३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंकका ग्राहकले बनेपास्थित आगन्तुक रिसोर्टमा छुट पाउने भएका छन् । 

सिटिजन्स बैंकका ग्राहकले आगन्तुक रिसोर्टमा छुट पाउने

बैंक र रिसोर्टबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका मोबाइल बैकिङ्ग ग्राहक, डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीले रिसोर्टमा छुट पाउनेछन् ।

बैंकले घरमै बसी नि:शुल्क मोबाइल बैकिङ्गमार्फत डेबिट कार्डको लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले देशभरका १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ इकाईबाट करिव साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : कार्तिक ३, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?