‘बाल्ट्रा बडा उत्सव’ योजना- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बाल्ट्रा बडा उत्सव’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल्ट्राले चाडपर्वका अवसरमा ‘बाल्ट्रा बडा उत्सव’ योजना ल्याएको छ ।

यो योजनाअनुसार हरेक साता एक जनाले सुनको सिक्री जित्न सक्छन् । यसका लागि देशभर रहेका बाल्ट्राको आधिकारिक सोरुमबाट बाल्ट्राको सामान खरिद गर्नुपर्नेछ ।

विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लाग्ने करसमेत विजेता आफैंले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७८ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

हनुमानढोकाको दसैंघरमा भित्राउन गोरखा दरबारबाट पठाइयो फूलपाती

हरिराम उप्रेती

गोरखा — काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ ।

हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको हो ।

वर्षौदेखिको परम्परालाई निरन्तरता दिँदै फूलपाती काठमाडौं पठाइएको गोरखा दरबारका पुजारी शारदाप्रसाद भट्टराइले बताए । ‘हिजो बेल निमन्त्रण गर्‍यौँ, आज बिहान सुसारेहरुले बिहानै पस्लाङको जंगलबाट फूलपाती संकलन गर्नुभयो,’ उनले भने,‘वर्षौदेखिको परम्परा अनुसार हनुमानढोकाका लागि फूलपाती पठायौं ।’ धिमेबाजा, फूलपातीको डोलीसहितको टोली हर्षोल्लासका साथ फूलपाती काठमाडौं पठाइएको छ ।

सडकसञ्जाल नखुल्दासम्म गोरखाबाट धादिङको केबुलपुर–जीवनपुरको पैदलमार्ग हुँदै फूलपाती हनुमानढोका लाने प्रचलन थियो । पहिले एकीकरण पदमार्गबाट काठमाडौं पुर्‍याइने फूलपाती सडकसञ्जाल विस्तार भएसँगै गाडीमार्फत पठाउने गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । पृथ्वीनारायण शाहले नुवाकोट हुँदै राजधानी हनुमानढोका सारेपछि गोरखाको फूलपाती हनुमानढोका पठाउने प्रचलन सुरु भएको मानिन्छ । ‘दुई सय ६६ वर्ष अघिदेखि यो प्रचलन सुरु भएको अनुमान छ,’ भुषालले भने ।

तत्कालीन समयमा पृथ्वीनारायण शाहले राजधानी काठमाडौं सारेपनि गोरखा राज्यसँग भावनातमक सम्बन्ध स्थापित गर्नका लागि फूलपाती लाने प्रचलन सुरु भएको भुषाल बताउँछन् । ‘पृथ्वीनारायण शाहले भावी पुस्तालाईसमेत गोरखा सँगको सम्बन्ध नटुटोस भनेर सुरु गरिएको परम्पराले आजसम्म निरन्तरता पाएको छ,’ उनले भने ।

दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज हिन्दु धर्मालम्वीहरुले घर–घरमा फूलपाती भित्राउँछन् । केरा, हलेदो, दारीम, अशोक, जयन्ती, माने, बेल, उखु, धानको वाला वा अन्य नयाँ पालुवासमेत फूलपातीको रुपमा शुभ साइतको प्रतीक मानि दसैंघर वा पूजाकोठामा भित्राउने प्रचलन छ ।

प्रकाशित : आश्विन २६, २०७८ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×