फोर्डको ‘रोडसाइड असिस्टेन्स’ योजना- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोर्डको ‘रोडसाइड असिस्टेन्स’ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — फोर्ड नेपाल (जीओ अटोमोबाइल्स) ले चाडपर्वको अवसरमा यात्राका लागि ‘रोडसाइड असिस्टेन्स’ योजना घोषणा गरेको छ ।

चाडबाडका बेला बजार बन्द हुने र कामदारहरूको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा सेवा पाउन कठिन हुने भन्दै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।

यसका लागि सिन्धुली र कुरिनटारमा सर्भिस क्याम्प स्थापना गरिएको छ ।


प्रकाशित : आश्विन २५, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मतीमा परिसंघको कार्यालय

कान्तिपुर संवाददाता

काठमाडौँ — वाग्मती प्रदेश उद्योग परिसंघ स्थापना भएको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले प्रदेश राजधानी हेटौंडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरे ।

सो अवसरमा अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए । साथै वाग्मती प्रदेश उद्योग परिसंघमा भेषराज दुवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लेखराज पोखरेल र उपाध्यक्षमा त्रिलोचन कँडेल, स्वागतराज प्याकुरेल र हरिप्रसाद भट्ट चयन भएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×