ज्येष्ठ नागरिकलाई टेलिकमको नि:शुल्क सिम- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्येष्ठ नागरिकलाई टेलिकमको नि:शुल्क सिम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नि:शुल्क सिम प्रदान गर्न थालेको छ ।

यो योजना ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि असोज १५–२५ सम्म लागू हुने टेलिकमले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप नि:शुल्क रूपमा सिम वितरण गर्न थालिएको टेलिकमको भनाइ छ । विश्वभर अक्टोबर १ का दिन उक्त दिवस मनाइन्छ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

ब्रिटिस कलेजमा बीएससी साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकको पढाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — द ब्रिटिस कलेजमा बीएससी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाइ हुने भएको छ ।

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले नोभेम्बरबाट उक्त विषयको पढाइ सञ्चालन गर्न लागेको हो ।

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिस्कृत बनाउँदै उक्त विषयको पठनपाठन सुरु गर्न लागेको जनाएको छ । जसलाई युनिभर्सिटी अफ वेस्ट इंग्ल्यान्ड (यूडब्लूई) को सम्बन्धन छ ।

प्रकाशित : आश्विन १७, २०७८ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×