बीओकेका ग्राहकलाई स्मार्ट डोकोमा २० प्रतिशत क्यासब्याक


काठमाडौँ — बैंक अफ काठमान्डु (बीओके) का ग्राहकहरूले स्मार्ट डोकोको दसैं अफरअन्तर्गत २० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।


बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत स्मार्ट डोकोको प्रयोग गरी उक्त सुविधा लिन सकिनेछ ।
बैंकका ग्राहकहरूले कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशत नगद फिर्ता पाउनेछन् ।