कामना बैंकको ‘केएस डीजी’ वालेट


काठमाडौँ — कामना सेवा विकास बैंकले ‘केएस डीजी’ वालेट सञ्चालनमा ल्याएको छ ।

बैंकले मनम इन्फोटेकको सहकार्यमा उक्त डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले उक्त सेवाको उद्घाटन गरे ।
यसमार्फत ग्राहकले खाता खोल्न र कर्जा आवेदन दिनेलगायत सेवा प्रयोग गर्न सक्नेछन् ।