कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

काठमाडौँ — नेपाल उद्योग परिसंघमा पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरिएको छ ।

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा उक्त समिति गठन गरेको हो । परिसंघका राष्ट्रिय परिषद् सदस्य आशिष गर्गको सभापतित्वमा पूर्वाधार समिति गठन गरिएको हो ।

परिसंघकै राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ । परिसंघअन्तर्गत पूर्वाधार समितिले विकासका लागि आवश्यक नीतिगत व्यवस्थामा सरोकारवाला निकायसँग मिलेर काम गर्ने जनाएको छ ।

जिल्ला समितिले तहमा नीतिगत छलफल एवं अन्तक्र्रिया गर्नेछ । साथै प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्न भूमिका खेल्ने जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७८ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?