दसैं–तिहारमा हुन्डाईको हेभी इक्विपमेन्टमा छुट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैं–तिहारमा हुन्डाईको हेभी इक्विपमेन्टमा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — हुन्डाई नेपालले चाडपर्वका अवसरमा ‘हुन्डाई धमाकेदार’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअनुसार हुन्डाई आर २२० एलएस एस्काभेटरको खरिदमा ३ लाख रुपैयाँ नगद छुट पाइनेछ ।

साथै ४३ इन्चको एमआई टीभी प्रो, २ हजार घण्टासम्म नि:शुल्क फिल्टर किट र ५ लाख रुपैयाँसम्मको सुविधा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । यो योजना कात्तिक ३० सम्म लागू हुनेछ ।

प्रकाशित : आश्विन ७, २०७८ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर प्याट्रियट्सका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सले बिहीबार विज्ञप्ति जारी गर्दै 'व्यक्तिगत कारण'ले कप्तान मल्ल मैदानमा उत्रन नसक्ने जनाएको छ । मल्लले ललितपुरका सीईओ निरज कोइरालालाई इमेल मार्फत आफू खेल्न असमर्थ रहेको जानकारी दिएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

मल्लले इमेलमा आफू नखेल्दा पनि टिममा कुनै असर नपर्ने समेत जनाएका थिए । ललितपुरले मल्लले पठाएको इमेल समेत सार्वजनिक गरेको छ ।

ईपीएल सुरु हुनुभन्दा दुई दिनअघि मात्रै मल्ल मैदानमा नउत्रने कुरा ललितपुरले सार्वजनिक गरेको हो । ललितपुर प्याट्रियट्सका सीईओ कोइरालालाई पठाएको इमेलमा मल्लले खेलका लागि आफू पूर्ण रुपमा तयार नरहेको बताएका छन् ।

प्रकाशित : आश्विन ७, २०७८ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×