ढुंगेललाई नेसनल प्रोफेसनल एचिमेन्ट अवार्ड- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगेललाई नेसनल प्रोफेसनल एचिमेन्ट अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट विज्ञापन व्यवसायी राजु ढुंगेल सम्मानित भएका छन् ।

ढुंगेल १३ वर्षदेखि विज्ञापन व्यवसायमा आबद्ध छन् । इम्प्रेसन ए क्रिएटिभका सञ्चालक ढुंगेललाई सिजन मिडियाले संविधान दिवसको अवसर पारेर सम्मान प्रदान गरेको हो ।

देशका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वलाई सिजनले अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली बजारमा सिट्रन सी ५ एयरक्रस

कान्तिपुर संवाददाता

काठमाडौँ — फ्रेन्च मोटर कम्पनी पुजोको आधिकारिक बिक्रेता सांग्रिला मोटर प्रालिले सिट्रन सी ५ एयरक्रस आउने ल्याउने भएको छ ।

सिट्रन सी ५ एसयूभी १.६ लिटर पेट्रोल इन्जिन क्षमताको छ । यसको इन्जिनले १६५ एचपीको पावर र २४० एनएमको टर्क प्रदान गर्छ । कम्पनीका अनुसार यो आरामदायी सवारी हो ।

नेपाली बजारमा यसको मूल्य १ करोड ३५ लाख निर्धारण गरिएको छ । यो नेपाली बजारमा सन् २०२२ को मध्यतिर आउने कम्पनीले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×