जोन्ता क्लबलाई सिद्धार्थको ४ लाख

काठमाडौँ — सिद्धार्थ बैंकले जोन्ता क्लब काठमाडौंलाई चार लाख ९७ हजार २ सय रुपैयाँ सहयोग गरेको छ ।

जोन्ता क्लबलाई सिद्धार्थको ४ लाख

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिएको छ । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले क्लबकी प्रेसिडेन्ट सीमा गोल्छालाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने कार्यक्रममा खर्चिने जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?