डक्टर्स अन कल नेपाललाई ‘एनवाईईएफ स्टार्टअप अवार्ड’

काठमाडौँ — डक्टर्स अन कल नेपाल ‘एनवाईईएफ स्टार्टअप अवार्ड २०२१’ बाट सम्मानित भएको छ ।

डक्टर्स अन कल नेपाललाई ‘एनवाईईएफ स्टार्टअप अवार्ड’

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा एक लाख ५० हजार नगद पुरस्कारसहित डक्टर्स अन कल स्टार्टअप कम्पनीमध्ये प्रथम भएको हो ।

यसैगरी ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन् । दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । कार्यक्रममा देशभरबाट एक सयभन्दा बढी स्टार्टअप कम्पनी सहभागी थिए ।

प्रकाशित : आश्विन ४, २०७८ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?