कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एलपी ग्यास उद्योग संघमा नयाँ कार्यसमिति

काठमाडौँ — नेपाल एलपी ग्यास उद्योग संघले नयाँ कार्यसमिति चयन गरेको छ । संघको २६औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले अध्यक्षमा कुशप्रसाद मल्लीसहित १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो । 

एलपी ग्यास उद्योग संघमा नयाँ कार्यसमिति

संघका पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा पनि अध्यक्षका प्रत्यासी थिए । तर कार्यसमिति निर्विरोध चयन गर्न सहमति जुटाउन निवर्तमान अध्यक्ष गोकुल भण्डारी, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ, उपाध्यक्षमा मनोजकुमार दास र दिवान चन्द तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ चयन भएका छन् । धर्मराज बर्तौलालाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ भने विशिष्ट सदस्यमा राजेन्द्र डल्लाकोटी मनोनीत भएका छन् ।

त्यस्तै सदस्यमा आशिष अग्रवाल जाजोदिया, सुनिल सिन्हा, राजकुमार सिन्धी, लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, योगेश घिमिरे, सुदीप घिमिरे, योगेश पौडेल, अमित अग्रवाल, आयुष नेपाल र मनोज बुढाथोकी मनोनीत भएका छन् ।

प्रकाशित : भाद्र ३१, २०७८ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?