कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हिमालयले जहाजमा एइडी राख्यो

काठमाडौँ — नेपाली र चीनियाँको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलायन्स्ले आफ्ना जहाजमा यात्रुहरुका लागि बाह्यरुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर (एइडी) राखेको छ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर जीवनदायी मेसिन हो ।

हिमालयले जहाजमा एइडी राख्यो

यसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदय गति सुचारु राख्न मद्दत गर्दछ । हिमालयले बुधबार विज्ञप्ति जारी गर्दै एइडी सहायता राख्ने हिमालय पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी भएको दाबी गरेको छ । मध्य आकाशमा जहाज उडिरहँदा भवितव्यबस् कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द लगायतका जटिल समस्या आइपरेमा एइडीले निदान गर्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?