१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अनलाइनबाट होटल बुकिङ गर्न प्राइडक्लिक्स

काठमाडौँ — प्राइड हस्पिटालिटीले नेपालभरका होटलहरुको अनलाइनबाटै बुकिङ गर्न सकिने सेवा शुरु गरेको छ । बुधबार नेपाली पर्यटन उद्योगसंग आबद्ध व्यवसायीहरुमाझ प्राइड क्लिक्स वेबपोर्टलको सफ्ट लन्च गरिएको कम्पनीले विज्ञप्तीमा जनाएको छ ।

अनलाइनबाट होटल बुकिङ गर्न प्राइडक्लिक्स

हस्पिटालिटिका अध्यक्ष नितेश पोखरेलले देशभरका सबै होटलहरुको बुकिंग प्राइडक्लिक्स् एप र अनलाइनमा गर्न सकिने बताए । ‘नेपालीहरुले अब विदेशी एपबाट होइन नेपाली एपबाट आफुले चाहेको सस्तो र सुविधायुक्त होटल बुकिङ गर्न सक्नेछन,’ अध्यक्ष पोखरेलले भने, ‘प्राइडक्लिक्सले होटल बुकिङमार्फत् बाहिरिने कमिसनलाई रोक्ने छ ।’

नेपालका होटलहरुको व्यवस्थापन समेत गर्दै आएको प्राइडले नेपाली अनलाइन पेमेन्टहरुसँग साझेदारी गरेको छ । उस्ले संसारका जुनसुकै मुलुकबाट नेपाली होटल बुकिङ गर्न सकिने जनाएको छ ।


प्रकाशित : भाद्र ३१, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?