निमा एकेडेमीमा लर्न इन्फिनिटीका तीन कोर्स

कान्तिपुर संवाददाता

काठमाडौँ — लर्न इन्फिनिटीका तीन कोर्स अब निमा एकेडेमीमा उपलब्ध हुने भएका छन् ।

निमा र लर्न इन्फिनिटीबीच भएको सम्झौताअनुसार निमाको एप तथा बेवसाइटमा पब्लिक स्पिकिङ, २८ डेज ह्याप्पिनेस र कम्युनिकेसन मास्टरक्लास गरी तीन कोर्स उपलब्ध हनेछन् ।

यी कोर्स ११ वर्ष वा सो उमेर समूहभन्दा माथिका लागि उपयोगी हुने निमाले जानकारी दिएको छ ।

लर्न इन्फिनिटीले जीवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

मालिंगाले क्रिकेटबाट लिए संन्यास

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीलंकाली तीव्र गतिका बलर लासिथ मालिंगाले सबै प्रकारको क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । मालिंगाको नेतृत्वमा श्रीलंकाले सन् २०१४ को टी-२० विश्वकप जितेको थियो । यसअघि नै मालिंगाले एक दिवसीय र टेष्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए ।


तीस वटा टेष्ट खेलका उनले १ सय १ विकेट लिएका थिए त्यसैगरी २ सय २६ वटा एकदिवसीय खेलमा उनले ३ सय ३८ र ८३ वटा टी-२० खेलका मालिंगाले १ सय ७ विकेट लिएका थिए । लामो घुङ्ग्रिएको कपाल र फरक शैलीको बलिङ एक्सन चर्चाको विषय हुने गरेको थियो ।

प्रकाशित : भाद्र २९, २०७८ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×