बजारमा डिजोको मोडल स्टार ३००

काठमाडौँ — रियलमीले डिजो फोनको मोडल स्टार ३०० सार्वजनिक गरेको छ ।

बजारमा डिजोको मोडल स्टार ३००

डिजो ३०० मा प्रिमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५ सय ५० एमएएचको ब्याट्री र डुअल माइक्रो सिम सपोर्ट छ ।

यसको अर्काे मोडल मोडल स्टार ५०० मा प्रिमियम डिजाइन २.८ इन्चको स्क्रिन डिस्प्ले, १९ सय एमएएचको ब्याट्रीलगायत विशेषता छन् । साथै एआईओटी गोपड्स, गो पड्स डी र स्मार्ट घडीसमेत बजारमा उपलब्ध छ ।

यसले एन्ड्रोइड र आईओएसलाई दुवैलाई सपोर्ट गर्ने कम्पनीले जनाएको छ । डिजो स्टार ३०० को मूल्य २ हजार ७८, डिजो स्टार ५०० को मूल्य २८ सय ७८, गोपड्सको मूल्य ६ हजार ६९, गोपड्स डीको मूल्य २८ सय ९९ र स्मार्ट घडीको मूल्य ६४ सय ६४ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

डिजोले रियलमी इको सिस्टमको आधिकारिक वितरकमा पशुपति ट्रेडलिंक प्रालिलाई नियुक्त गरेको छ ।

प्रकाशित : भाद्र २८, २०७८ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?