लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकले निष्कासन गरेको दुई अर्ब रुपैयाँ मूल्य बराबरको ‘८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त ऋणपत्र नेप्सेमा दोस्रो बजार कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ ।

नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : भाद्र १७, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्

सानिमा बैंकको तीज योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले तीज विशेष योजना ल्याएको छ ।

योजनाअनुसार नारी बचत खाता खोल्दा ग्राहकले नि:शुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट पाउनेछन् ।

साथै पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपैयाँ क्यासब्याक उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र १७, २०७८ २२:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×