एनएमबीका ग्राहकलाई दराजबाट किस्ताबन्दीमा सामान


काठमाडौँ — एनएमबी बैंकका ग्राहकले अनलाइन सपिङ दराजबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने भएका छन् ।

बैंक र दराजबीच भएको सम्झौताअनुसार बैंकको क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।
यसका लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् । र, उक्त खरिद रकमलाई बैंकले ईएमआईमा रूपान्तरण गर्नेछ ।