१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

हिमालयन र डाइनर्सबीच कार्ड सम्झौता

काठमाडौँ — हिमालयनबैंक र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच कार्ड जारी गर्ने सम्झौता भएको छ ।

यो सम्झौतापछि बैंकले डाइनर्स क्लब कार्ड चाडै आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्नेछ ।

बैंकले सुरुमा उक्त कार्ड आफ्ना १ सय ४६ एटीएम र पाँच हजारभन्दा बढी पस टर्मिनलमा स्वीकार गराउने लक्ष्य लिएको जनाएको छ ।

यसबाट डाइनर्स क्लब, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्कीका गठबन्धन सञ्जालबाट जारी भएका कार्ड बैंकको एटीएम सञ्जालमा प्रयोग गर्न सकिनेछ ।

प्रकाशित : भाद्र १, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?