विस्टिमका शैक्षिक सामग्री निमाको बेवसाइटमा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विस्टिमका शैक्षिक सामग्री निमाको बेवसाइटमा

कान्तिपुर संवाददाता

काठमाडौँ — निमा एकेडेमी र वुमन इन साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्टस् एन्ड म्याथमेटिक्स (विस्टिम) बीच शैक्षिक सामग्रीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार निमाले विस्टिमका शैक्षिक सामग्री तथा कोर्स आफ्नो वेबसाइट र एपमा उपलब्ध गराउनेछ ।

निमाका प्रमुख कार्यकारी अधिकृत नेहा जोशी र विस्टिमका संस्थापक विनीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : श्रावण २८, २०७८ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

ई–सेवाको योजनामा ५ सयभन्दा बढीलाई छात्रवृत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — ई–सेवाले ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ ।

ई–सेवाले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई दृष्टिगत गरी यो योजना ल्याएको हो । यो योजनाअनुसार ५ सयभन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति पाउनेछन् ।

यो योजना भदौ १५ सम्म सञ्चालन हुनेछ । विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा छात्रवृत्ति पाउनेछन् ।

विद्यार्थीहरुले जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेशनल कलेज, विराटनगरको बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कुलमा छात्रवृत्ति पाउनेछन् ।

ई–सेवामार्फत आवेदन दिनेले छात्रवृत्तिको अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७८ २०:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×