ई–सेवाको योजनामा ५ सयभन्दा बढीलाई छात्रवृत्ति


काठमाडौँ — ई–सेवाले ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ ।

ई–सेवाले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई दृष्टिगत गरी यो योजना ल्याएको हो । यो योजनाअनुसार ५ सयभन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति पाउनेछन् ।
यो योजना भदौ १५ सम्म सञ्चालन हुनेछ । विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा छात्रवृत्ति पाउनेछन् ।
विद्यार्थीहरुले जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेशनल कलेज, विराटनगरको बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कुलमा छात्रवृत्ति पाउनेछन् ।
ई–सेवामार्फत आवेदन दिनेले छात्रवृत्तिको अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित : श्रावण २८, २०७८ २०:१४