१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बजारमा बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता एवं वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

बजारमा बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा बीएस ६ र एफआई प्रविधि छ ।

२ भल्बयुक्त इन्जिन भएको यसले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएमटर्क जेनेरेट गर्छ ।

यो सेतो, नीलो, खैरो र कालो गरी चार रङमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १८, २०७८ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?