पोखरा–नेपालगञ्ज उडान गर्दै बुद्ध एयर

काठमाडौँ — १५ वटा विमान भएको बुद्ध एयरले यही साउन १७ देखि पोखराबाट नेपालगन्ज सीधा उडान गर्ने भएको छ ।

पोखरा–नेपालगञ्ज उडान गर्दै बुद्ध एयर

सुरुमा साताका तीन दिन (आइतबार, बुधबार र शुक्रबार) उडान गर्ने र पछि दिनदिनै उडान गर्ने योजना बनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी उडानबाट दुवै ठाउँका पर्यटकीय स्थलमा चहलपहल बढ्ने अपेक्षा गरिएको निर्देशक रुपेश जोशीले जानकारी दिए ।

यसले नेपालगन्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीमा पनि पर्यटकीय चहलपहल हुने उनको भनाइ छ ।

त्यस्तै नेपालगञ्जका बासिन्दाले पनि पर्यटकीय सहर पोखरा, वरिपरि रहेका तालतलाउ तथा हिमशृङ्खलाको आनन्द लिन पाउनेछन् ।

यस उडानबाट नेपालगन्ज नजिकका भारतीय सहर लखनऊ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने जनाइएको छ ।

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेज सञ्चालन गर्दै छ ।

प्रकाशित : श्रावण ९, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?