कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एचसीसी–एनको डिनमा गोल्छा नियुक्त

काठमाडौँ — नेपालस्थित कन्सुलरहरुको छातासंगठन अनररी कन्सुलर कप्र्स–नेपाल (एचसीसी–एन) को डिनमा लोकमान्य गोल्छा नियुक्त भएका छन् ।

एचसीसी–एनको डिनमा गोल्छा नियुक्त

नेपालस्थित मोरक्कोका लागि महावाणिज्यदूत वसन्तकुमार चौधरीको एकवर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा गोल्छा चुनिएका हुन् ।

उनी पोल्यान्डका लागि अवैतिनक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्षसमेत हुन् ।

एचसीसी–एनको १४औं ‘चार्टर्ड डे’ को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहबीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरे ।

प्रकाशित : श्रावण ९, २०७८ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?