१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विमानस्थल गेटमा यतीले राखिदियो ट्राफिक संकेत बत्ती

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानद्वार (गोल्डेन गेट)मा बिहीबारदेखि ट्राफिक संकेत लाइट राखिएको छ ।

विमानस्थल गेटमा यतीले राखिदियो ट्राफिक संकेत बत्ती

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्धारमा तीन वटा अत्याधुनिक ट्राफिक बत्ती जोडेको हो ।

विगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुलाई समयमै विमानस्थल पुग्न कठिनाइ हुने गरेकोले महानगरीय ट्राफिक महाशाखासँगको सहकार्यमा ट्राफिक लाइट जडान गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यतीले यसअघि पनि ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा सीसीटीभी क्यामेरा जडान, ट्राफिक सूचना बोर्ड, आइल्यान्ड निर्माणलगायत काम गरेको बताएको छ ।

ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट ज्याकेट पनि वितरण गरेको छ ।


प्रकाशित : श्रावण ८, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?