कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पब्लिक कम्पनीपछि ६ अर्ब लगानी थप्दै नर्भिक

काठमाडौँ — नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक कम्पनीले आफ्नो सेवालाई विस्तार गर्न पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

पब्लिक कम्पनीपछि ६ अर्ब लगानी थप्दै नर्भिक

पब्लिक कम्पनीमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरूका लागि राजधानीमा आयोजित परिचयात्मक कार्यक्रमबीच नर्भिकले रणनीति सार्वजनिक गरेको हो ।

अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले पाँचवर्षे रणनीति सार्वजनिक गरिन् । यो योजनाअनुसार नर्भिकले सेवा विस्तारका लागि ६ अर्ब रुपैयाँभन्दा बढी लगानी थप्ने र २ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने उनले जानकारी दिइन् ।

पाँच वर्षभित्र भैरहवा र सुनसरीको दुहबीमा एक–एक सय शय्याका दुई स्याटेलाइट अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइने अस्पतालको भनाइ छ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ ।

सन् २०२२–२०२६ भित्र थापाथलीस्थित नर्भिक अस्पतालमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अर्काे आधुनिक भवन बनाई सेवा विस्तार गरिनेछ ।

सेवा विस्तारसँगै अस्पताल ‘सुपर स्पेसालिटी अस्पताल’ का रूपमा रूपान्तरण हुने जनाइएको छ ।


प्रकाशित : श्रावण ८, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?