ग्रेट वाल मोटर्सका तीन नयाँ गाडी

काठमाडौँ — ग्रेट वाल मोटर्सको आधिकारिक विक्रेता भीजी इम्पेक्स प्रालिले ग्रेट वालका तीन नयाँ मोडलका गाडी बजारमा ल्याएको छ ।

ग्रेट वाल मोटर्सका तीन नयाँ गाडी

कम्पनीले दुई वटा एसयूभी र एउटा पिकअप मोडल गाडी बजारमा ल्याएको हो ।

ग्रेट वालका एसयूभी मोडलका थर्ड जेनेरेसन हेभेल एच ६, हेभेल जोलाइन र पोइर पिकअप मोडल छन् । हेभेल एच ६ मा २.० लिटर पेट्रोल इन्जिन, १५० केडब्लू शक्ति, ३२० एनएम टर्कलगायत विशेषता छन् ।

हेभेल जोलाइनमा १.५ लिटर पेट्रोल इन्जिन क्षमता छ । यसको इन्जिनले ११० केडब्लू शक्ति र २२० एनएम टर्क डिस्प्लेसमेन्ट आउटपुट दिने कम्पनीले जनाएको छ ।

पोइर पिकअप एलिट र पाइलट गरी दुई संस्करणमा उपलब्ध छ । यसमा २.० लिटरको डिजल इन्जिन छ ।

हेभेल एच ६ को ९६ लाख ९९ हजार ९ सय ९९, हेभेल जोलाइनको ५५ लाख ४९ हजार ९ सय ९९ र पोइर पिकअपको मूल्य ६४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

ग्रेट वालले निकट भविष्यमा ओरा विद्युतीय गाडी पनि ल्याउने जनाएको छ । साथै विन्गले पिकअप पनि ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?