कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ औं सामाजिक व्यवसाय दिवस मनाईँदै

काठमाडौँ — यो वर्ष ११ औं सामाजिक व्यवसाय दिवसको अवसरमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

असार १४ देखि १८ गतेसम्म विभिन्न कार्यकम आयोजना गरि विश्वभर उक्त दिवस मनाइने नेपाल फोरम आयोजक समितिले जानकारी दिएको हो ।

जसमा १५ वटा देशले राष्ट्रिय फोरमहरु आयोजना गर्नेछन् । यस फोरमबाट हरेक देशले आगामी दुई वर्षको लागि आ–आफ्नो कार्ययोजना बनाउनेछन् ।

असार १८ गते युनुस सेन्टर बंगलादेशको संयोजनमा अन्तराष्ट्रिय स्तरको साझा फोरम आयोजना हुनेछ । नेपाल फोरम असार १६ गते हुने समितिले जनाएको छ । जसमा शुन्य गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनबारे उपशिर्षकहरुमा विज्ञ सहित छलफल हुनेछ ।

नेपाल फोरमको संयोजनमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय आयोजक समिति गठन भएको छ ।

प्रकाशित : असार १६, २०७८ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?