१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

याडियाका तीन मोडल सार्वजनिक

काठमाडौँ — इलेक्ट्रिक दुईपांग्रे सवारी साधन निर्माता कम्पनी याडियाले नेपालमा तीन मोडलका स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले जी ५, सि १ एस र एस–लाइक गरी तीन मोडल सार्वजनिक गरेको हो ।

नेपाली बजारमा जी ५ को मूल्य ३ लाख ३० हजार, सि १ एसको ३ लाख ५० हजार र एस–लाइकको २ लाख ३० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यी मोडलका स्कुटर खरिद गर्ने सुरुवाती ग्राहकहरुलाई २५ हजार रुपैयाँसम्मको छुटसमेत रहेको छ ।

जी ५ मा जीटीआर ३.० ब्रोडब्यान्ड मोटर प्रयोग गरिएको छ । यो ६० किलोमिटर प्रतिघन्टाको गतिमा चलाउन सकिन्छ । यस्तै, सि १ एसमा ६० भोल्ट ३२ एम्पियरको पानासोनिक लिथियम आयोजन ब्याट्री प्याक उपलब्ध हुनेछ । यो ब्याट्रीको लाइफ सर्कल ८ सय रहेको छ ।

एस–लाइकको ५० किलोमिटर प्रतिघन्टा गति क्षमता रहेको छ । यसमा २१ इन्चको ट्युबलेस टायर, फ्रन्ट डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार ११, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?