हुन्डाईको एसयूभी प्यालिसड नेपालमा- बजार - कान्तिपुर समाचार

हुन्डाईको एसयूभी प्यालिसड नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी प्यालिसड गाडी नेपाल भित्र्याएको छ ।

प्यालिसड सात सिट क्षमता भएको प्रिमियम एसयूभी रहेको कम्पनीले जानकारी दिएको छ ।

हुन्डाई प्यालिसड नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारीमा गरिरहेको कम्पनीले जनाएको छ । यो कार कोरियामा उत्पादन भएको हो । एसयूभी ८ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । नेपाली बजारमा यसको मूल्य २ करोड रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : असार ८, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

युरो कप लक्षित खल्तीको योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — खल्ती डिजिटल वालेटले युरो कप २०२० योजना ल्याएको छ । खल्तीले एपभित्रै भोटिङबाट दैनिक खेलको परिणाम सही अनुमान गरेमा २५ हजार रुपैयाँ तथा क्यास ब्याक कुपन जित्न सकिने जनाएको छ ।

यो योजनामा खल्ती आईडी भएकाहरूले सहभागी भई भोट गर्दा शुल्क लाग्ने छैन । भोटका साथ सहभागीले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तीमा २ सय रुपैयाँ लोड गर्नुपर्नेछ । लोड गर्दा रिमार्क्समा युरो २०२० अनिवार्य लेख्नुपर्ने खल्तीले जनाएको छ ।


प्रकाशित : असार ८, २०७८ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×