युरो कप लक्षित खल्तीको योजना- बजार - कान्तिपुर समाचार

युरो कप लक्षित खल्तीको योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — खल्ती डिजिटल वालेटले युरो कप २०२० योजना ल्याएको छ । खल्तीले एपभित्रै भोटिङबाट दैनिक खेलको परिणाम सही अनुमान गरेमा २५ हजार रुपैयाँ तथा क्यास ब्याक कुपन जित्न सकिने जनाएको छ ।

यो योजनामा खल्ती आईडी भएकाहरूले सहभागी भई भोट गर्दा शुल्क लाग्ने छैन । भोटका साथ सहभागीले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तीमा २ सय रुपैयाँ लोड गर्नुपर्नेछ । लोड गर्दा रिमार्क्समा युरो २०२० अनिवार्य लेख्नुपर्ने खल्तीले जनाएको छ ।


प्रकाशित : असार ८, २०७८ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्

सुबिसुको अप्टिकल फाइबर विस्तार

कान्तिपुर संवाददाता

काठमाडौँ — सुबिसुले ४ सय जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ । नोकियासँगको सहकार्यमा ४ सय जीबीपीएस क्षमताको अप्टिकल फाइबर विस्तार गरेको कम्पनीले जनाएको छ ।

बढ्दो इन्टरनेटको मागलाई पूरा गर्न र थप इन्टरनेट सेवा प्रदान गर्नका लागि नोकियाको सोलुसनले सुबिसुको ब्रोडब्यान्ड सेवामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : असार ८, २०७८ १७:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×