सुबिसुको अप्टिकल फाइबर विस्तार- बजार - कान्तिपुर समाचार

सुबिसुको अप्टिकल फाइबर विस्तार

कान्तिपुर संवाददाता

काठमाडौँ — सुबिसुले ४ सय जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको छ । नोकियासँगको सहकार्यमा ४ सय जीबीपीएस क्षमताको अप्टिकल फाइबर विस्तार गरेको कम्पनीले जनाएको छ ।

बढ्दो इन्टरनेटको मागलाई पूरा गर्न र थप इन्टरनेट सेवा प्रदान गर्नका लागि नोकियाको सोलुसनले सुबिसुको ब्रोडब्यान्ड सेवामा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।

प्रकाशित : असार ८, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

थप ३ हजार ७०३ मा कोरोना पुष्टि, २४ घण्टामा ४ हजार ९५४ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर ३ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार विभिन्न जिल्लामा गरिएको १२ हजार २०४ पीसीआर परीक्षणमा ३ हजार ७०३ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार ७०९ एन्टिजेन परीक्षणमा ८१९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।


यस्तै, २४ घण्टामा ४ हजार ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८१३ पुगेको छ ।

प्रकाशित : असार ८, २०७८ १६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×