मेगा बैंकको फोनबाटै २ लाखसम्मको कर्जा

काठमाडौँ — मेगा बैंक नेपालले स्मार्टफोनबाट तत्कालै पाउन सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकलाई तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यस्तो सुविधा ल्याएको जानकारी दिएको हो ।

मेगा बैंकको फोनबाटै २ लाखसम्मको कर्जा


जसअनुसार बैंकमा मासिक तलब खाता भएका संघसंस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि २ लाख रुपैयाँसम्म कर्जा पाउन सक्नेछन् । मेगा स्मार्ट बैंकिङ एपबाट अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित : असार ८, २०७८ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?