कोभिड प्रभावित पर्यटन कर्मचारीलाई सापटी- बजार - कान्तिपुर समाचार

कोभिड प्रभावित पर्यटन कर्मचारीलाई सापटी

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक लगानी कोषले कोभिड–१९ प्रभावित पर्यटन क्षेत्रका कर्मचारीहरुलाई सापटी रकम प्रदान गर्ने भएको छ ।

कोषले पर्यटन उद्योग तथा उड्डयन क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई बिनाब्याजमा सापटी दिने व्यवस्था गरेको हो । निषेधाज्ञासँगै पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीहरू बढी प्रभावित भएको बताउँदै उनीहरूलाई सापटी दिने व्यवस्था मिलाएको कोषले जनाएको छ । कोषबाट सञ्चालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी भएका पर्यटन क्षेत्रका कर्मचारीले मासिक रूपमा काटिएको रकम सापटी लिन सक्छन् । उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलाग्ने व्यवस्था गरिएको छ । खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन पाइन्छ । यो सुविधा आगामी पुस मसान्तसम्म उपलब्ध हुने र सापटी लिएको रकम २ वर्षभित्र फिर्ता गर्नुपर्छ ।

प्रकाशित : असार ८, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

नेसनल माइक्रोफाइनान्सले सेयर बिक्री गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक समूहअन्तर्गतको ७८ हजार १ सय ५० कित्ता सेयर बिक्री गर्ने जनाएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ राखिएको छ । संस्थाको संस्थापक सेयरका लागि आवेदकहरूले न्यूनतम सय कित्ताका लागि आवेदन दिन सक्छन् । अधिकतम सेयर संख्याका लागि कुनै हद नभएको संस्थाले जनाएको छ । असार १० सम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : असार ८, २०७८ १३:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×