नेसनल माइक्रोफाइनान्सले सेयर बिक्री गर्ने

काठमाडौँ — नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक समूहअन्तर्गतको ७८ हजार १ सय ५० कित्ता सेयर बिक्री गर्ने जनाएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ राखिएको छ । संस्थाको संस्थापक सेयरका लागि आवेदकहरूले न्यूनतम सय कित्ताका लागि आवेदन दिन सक्छन् । अधिकतम सेयर संख्याका लागि कुनै हद नभएको संस्थाले जनाएको छ । असार १० सम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : असार ८, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?