एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने

काठमाडौँ — नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो संस्थापक समूहअन्तर्गतको सेयर बिक्री गर्ने भएको छ ।

एनसीसी बैंकले संस्थापक सेयर बिक्री गर्ने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको बैंकले ९ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको हो । बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता मूल्य १ सय ४० रुपैयाँ तोकिएको छ ।

बैंकले आफ्नो संस्थापक सेयरको न्यूनतम १ हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नभएको जनाएको छ । सेयर खरिद गर्नेहरुले असार १६ सम्म आवदेन दिन सक्नेछन् ।

प्रकाशित : असार ५, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?