मेगा बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट- बजार - कान्तिपुर समाचार

मेगा बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंकका ग्राहकहरुले अनलाइन सपिङ प्ल्याटफर्म दराजबाट सामानहरु खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र दराजबीच भएको सम्झौताअनुसार ग्राहकहरुले उक्त छुट पाउने भएका हुन् । सम्झौताअनुसार दराजमार्फत बैंकको डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगमा १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : असार ५, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

नोकिया जी २० र जी १० सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — एचएमडी ग्लोबलले नोकिया जी २० र नोकिया जी १० मोबाइल सार्वजनिक गरेको छ । नोकियाले आफ्नो नयाँ जी–सिरिजअन्तर्गत यी दुई स्मार्टफोनहरु सार्वजनिक गरेको जनाएको छ ।

जी २० मा ४८ एमपीको क्लियारिटी वाइड स्क्रिन छ । ६.५ इन्चको टिएर ड्रप डिसप्ले, ५ हजार ५० एमएएच ब्याट्रीलगायत विशेषता छन् । नाइट र ग्लेसियर गरी दुई रङमा उपलब्ध छ ।

४ जीबीका साथ ६४ जीबी र्‍यामसहितको यसको बजारमूल्य १९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै, जी १० मा दुई वर्षको सफ्टवेयर अपग्रेडको विशेषता छ । नाइट र डस्कको दुई रङमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : असार ५, २०७८ १३:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×