जंगल सफारी लजमा ‘पे नाउ, गो लेटर’

काठमाडौँ — चितवन सौराहास्थित जंगल सफारी लजले आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ ।

जंगल सफारी लजमा ‘पे नाउ, गो लेटर’

अफरअन्तर्गत पर्यटकले तीन रातको रुमका लागि ४ हजार रुपैयाँ मात्र तिर्दा हुन्छ । कोभिडका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न यस्तो योजना ल्याइएको होटलका सञ्चालक सुमन घिमिरेले जानकारी दिए ।

‘कोभिडका कारण पर्यटन क्षेत्र तहसनहस भएको छ, यो क्षेत्रलाई उकास्न जसले जति सक्छ, त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यतासाथ हामीले यो योजना ल्याएका हौं,’ उनले भने । होटलका कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।

यो योजनामा सहभागी हुन पर्यटकले असारभित्र प्याकेज खरिद गर्नुपर्नेछ । आफूले खरिद गरेको प्याकेजको १ महिनापछि होटलमा आएर बस्न सकिने उनले बताए । यो योजना पर्यटकले २०७८ चैत २८ सम्म प्रयोग गरिसक्नुपर्नेछ ।

प्रकाशित : असार ३, २०७८ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?