कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लक्ष्मी बैंकको युरोकप योजना

काठमाडौँ — लक्ष्मी बैंकले युरोकप योजना ल्याएको छ । यस वर्ष आयोजना भइरहेको युरो कप २०२१ को सुरुवातसँगै बैंकले उक्त योजना ल्याएको जानकारी दिएको छ ।

बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘प्रेडिक्ट एन्ड विन’ क्याम्पेन ल्याएको हो । यसअन्तर्गत पाँच जना विजेताले एक वर्षसम्म ५० एमबीपीएसको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने बैंकले बताएको छ ।

यो क्याम्पेन युरोकप २०२१ आयोजना भएको जुन ११ देखि जुलाई ११ सम्म जारी रहनेछ । यसमा सहभागी हुन ग्राहकले मोबाइल मनी सेवा निरन्तर गरेको र मोबाइल मनीका प्रयोगकर्ताले एपमार्फत नगद ट्रान्सफर गरेको हुनुपर्नेछ ।

मोबाइल मनीको ‘फोन–पे डाइरेक्ट’ अन्तरबैंक नगद ट्रान्सफरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरोकप विजेता देशको नाम राख्नुपर्नेछ ।

क्यम्पेनको अवधिपछि युरोकप विजेता देशको सही अनुमान गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत पाँच जनालाई विजयी घोषणा गरिनेछ ।

प्रकाशित : असार १, २०७८ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?