‘मेरी संगिनी’ मोबाइल एप सुरु

काठमाडौँ — नेपाल सीआरएस कम्पनीले परिवार योजनासम्बन्धी ‘मेरी संगिनी’ नामक मोबाइल एप सुरु गरेको छ ।

अस्थायी र छोटो अवधिको परिवार योजनाका साधनबारे जानकारी दिने उद्देश्यले उक्त एप सुरु गरिaएको सीआरएसले जानकारी दिएको छ ।

एपमा आफू नजिकैको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगानाका साथै नक्सासमेत उपलब्ध हुनेछ ।

परिवार योजनाका साधनहरुको पहँुच बढाउन मोबाइल प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण रहेकाले एपले सहज बनाउने परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?