२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बजारमा साओमीको मी ११ एक्स प्रो र मी ११ लाइट

काठमाडौँ — साओमी नेपालले मी ११ एक्स प्रो र मी ११ सार्वजनिक गरेको छ ।

बजारमा साओमीको मी ११ एक्स प्रो र मी ११ लाइट

मी ११ एक्स प्रोमा नयाँ हार्डवेयर छ । यसमा १२० हट्र्जको एफएचडी, डल्बी एटमस र एक डेडिकेटेड डुअल स्पिकर सेटअपद्वारा सञ्चालित, १०८ एमपीको एआई ट्रिपल क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेरा जस्ता विशेषता छन् ।

मी ११ एक्स प्रोमा ४ हजा ५ सय २० एमएएच ब्याट्रीसमेत छ । त्यस्तै मी ११ लाइटमा ६.५५ इन्चको एमोलेड डट डिस्प्ले, ४२ सय ५० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ जस्ता विशेषता छन् ।

नेपाली बजारमा मी ११ एक्स प्रो दुई भेरियन्टमा उपलब्ध छ । मी ११ एक्स प्रो ८ जीबी र्‍यामका साथ १२८ जीबी रोमको मूल्य ६४ हजार ९ सय ९९ र ८ जीबी र्‍यामका साथ २५६ रोमको मूल्य ६७ हजार ९ सय ९९ रुपैयाँ छ ।

त्यस्तै मी ११ लाइट ६ जीबी र्‍याम र १२८ जीबी रोमको मूल्य ३४ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?