होन्डा सीबी ३५० बजारमा

काठमाडौँ — नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा होन्डाको सीबी ३५० डीएलएक्स ल्याएको छ । 

कम्पनीका अध्यक्ष सौरभ ज्योतिले युट्युबमा प्रिमियर गरिएको एक भिडियोमार्फत यो मोटरसाइकल सार्वजनिक गरेका हुन् ।

यस मोटरसाइकलमा ३५० सीसी इन्जिन छ । यो सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी तीन रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ टाइप विंकरसहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यसका विशेषता हुन् ।

नेपाली बजारमा यसको सात लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७८ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?