सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

बिहीबार सम्पन्न बैंकको सातौं विशेष साधारणसभाले उक्त निर्णयलाई पारित गरेको जानकारी दिएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले सिर्जना फाइनान्सलाई प्राप्ति गर्न गरेको प्रास्ताव स्वीकृत भएको थियो ।

सभाले सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत नागरिक अभियन्ता पक्राउ

तस्बिर : केशव थापा, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत १८ जना पक्राउ परेका छन् ।

अवैध ढंगले निजी मेडिकल कलेजलाई सम्बन्धन बाँड्ने सरकारी तयारीविरुद्ध प्रदर्शनमा उत्रिएका अभियन्तालाई पक्राउ गरी मालीगाउँ प्रहरी कार्यालयमा राखिएको आन्दोलनले जनाएको छ । उनीहरूलाई नक्साल-भाटभटेनी क्षेत्रबाट पक्राउ गरिएको हो ।

निषेधाज्ञा उल्लंघन र निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरू नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त, मालीगाउँले जनाएको छ ।


प्रकाशित : जेष्ठ २८, २०७८ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×