टीभीएस एनटर्कको एक लाख बिक्री लक्ष्य पार

काठमाडौँ — टीभीएस मोटर कम्पनीले अन्तर्राष्ट्रिय बजारमा टीभीएस एनटर्क १२५ एक लाख युनिट बिक्रीको लक्ष्य पार गरेको बताएको छ ।

टीभीएस एनटर्कको एक लाख बिक्री लक्ष्य पार

सन् २०१८ मा टीभीएस एनटर्क १२५ भारतमा ब्लुटुथ जडित स्कुटरका रूपमा सुरु गरिएको थियो । टीभीएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आसियनका १९ देशमा बिक्री हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका निर्देशक एवम् सीईओ केएन राधाकृष्णनले टीभीएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा एक लाख बिक्रीको लक्ष्य पूरा गरेकोमा खुसी भएको बताएका छन् ।

नेपालमा टीभीएस एनटर्क १२५ को पहिलो पटक लन्च नेसनल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) अटो सोमा गरिएको थियो ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?