शिखरको स्वास्थ्य बिमाले कोभिडको जोखिम सुरक्षण गर्ने- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिखरको स्वास्थ्य बिमाले कोभिडको जोखिम सुरक्षण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बिमाले कोभिड–१९ को जोखिम पनि सुरक्षण हुने भएपछि लगानीकर्ताको आकर्षण बढेको कम्पनीले जनाएको छ ।

गत वर्षदेखि सुरु भएको यो स्किमबाट हालसम्म कोभिड–१९ का धेरै संक्रमितले राहत पाइसकेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो स्वास्थ्य बिमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड–१९ बाट बिरामी भएका बिमितले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्छ । सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सले बेहोरिदिने बताइएको छ ।

‘यो स्किम खरिद गर्ने बिमितले ५० हजारदेखि १० लाख रुपैयाँसम्मको कोभिड उपचार सेवाअन्तर्गतको दाबी भुक्तानीसमेत पाइसकेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिखरको स्वास्थ्य बिमाको स्किमले कोभिडको मात्र नभई एक हजारभन्दा बढी रोगको जोखिमलाई समेत कभरेज गरिदिने गरेको छ ।’

नेपालमा स्वास्थ्य बिमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च बेहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यो स्किममा व्यक्तिगत बिमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ । ५० हजारदेखि २० लाखसम्म पारिवारिक बिमा र सामूहिक तथा संस्थागत बिमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ । तीनमहिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बिमामा गर्न पाउँछन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

खल्तीबाट  फोहोर व्यवस्थापन भुक्तानी

कान्तिपुर संवाददाता

काठमाडौँ — खल्ती डिजिटल वालेटले फोहोर व्यवस्थापनको शुल्क भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ ।

खल्तीले आफ्ना प्रयोगकर्तालाई फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा एपमार्फत ल्याएको जानकारी दिएको छ ।

फोहोर संकलन कम्पनीहरूसँगको सहकार्यमा खल्तीले उक्त सुविधा ल्याएको जनाएको छ । हाल खल्तीले यो सेवा उपत्यकाका एक्सन वेस्ट बानेश्वर, एक्टिभ नेपाल बौद्ध, सर्वकल्याण सेवा थानकोट र क्लिन नेपाल गरी चार क्षेत्रमा सञ्चालनमा ल्याएको बताएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×