बजारमा होन्डा सीबी ३५० डीएलएक्स

काठमाडौँ — होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सीबी ३५० डीएलएक्स सार्वजनिक गरेको छ ।

बजारमा होन्डा सीबी ३५० डीएलएक्स

स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले युट्युब प्रिमियरमा गरिएको एक भिडियोमार्फत उक्त मोटरसाइकललाई नेपाली बजारमा सार्वजनिक गरे ।

यसमा ३५० सिसिको इन्जिन छ । यो सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकरसहित एलईडी हेड र टेल ल्याम्प, एसिट एन्ड स्लिपर क्लच, डिजिटल मिटरलगायतका विशेषता यसमा छन् ।

नेपाली बजारमा यसको मूल्य सात लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?