खल्तीमा बैंक लिंक गर्दा सय रुपैयाँ बोनस- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खल्तीमा बैंक लिंक गर्दा सय रुपैयाँ बोनस

कान्तिपुर संवाददाता

काठमाडौँ — खल्ती डिजिटल वालेटमा बैंक खाता लिंक गरेमा सय रुपैयाँ बोनस पाइने योजना आएको छ ।

बैंक लिंक वालेटमार्फत नै गर्न सकिने खल्तीले जानकारी दिएको छ ।

यसका लागि ग्राहकले खल्तीको होम स्क्रिनमा देखाइएको लिंक बैंक नावमा गई आफ्नो बैंकलाई छनोट गरी बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७८ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्

मेगा बैंकले सुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंकले एसबी सलुसन प्रालिसँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ ।

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सलुसनका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे । ऋण अटोमेसन प्रणालीको सुरुवातसँगै बैंकले पूर्ण रुपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछ ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने बैंकले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ २६, २०७८ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×