कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मेगा बैंकले सुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

काठमाडौँ — मेगा बैंकले एसबी सलुसन प्रालिसँगको सहकार्यमा क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सुरु गरेको छ ।

मेगा बैंकले सुरु गर्‍यो ऋण अटोमेसन प्रणाली

यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सलुसनका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे । ऋण अटोमेसन प्रणालीको सुरुवातसँगै बैंकले पूर्ण रुपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछ ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटरको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने बैंकले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ २६, २०७८ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?